दफा २७
संवेदनशील सूचना प्रशोधन गर्न नहुने
(१) सार्वजनिक निकायले आफ्नो जिम्मा वा नियन्त्रणमा रहेको कुनै पनि संवेदनशील वैयक्तिक सूचनाको प्रशोधन गर्न वा गराउन हुँदैन।
(२) उपदफा (१) को प्रयोजनका लागि देहायको सूचनालाई सम्बन्धित व्यक्तिको संवेदनशील वैयक्तिक सूचना मानिनेछः-
(क) निजको जात, जाति वा उत्पत्ति,
(ख) राजनीतिक आवद्धता,
(ग) धार्मिक आस्था वा विश्वास,
(घ) शारीरिक वा मानसिक स्वस्थता वा अवस्था,
(ङ) यौनिक अभिमुखीकरण वा यौन जीवन सम्बन्धी घटना,
(च) सम्पत्ति सम्बन्धी विवरण।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा त्यस्तो सूचनाको प्रशोधन गर्न सकिनेछः-
(क) सम्बन्धित विषयको इजाजत प्राप्त चिकित्सक वा निजको निर्देशनमा सम्बन्धित व्यक्तिलाई अपमान वा हिनताबोध नहुने गरी स्वास्थ्यकर्मीले सम्बन्धित विषयको रोग निवारण, सार्वजनिक स्वास्थ्य संरक्षण, रोग पहिचान, स्वास्थ्य उपचार, स्वास्थ्य संस्थाको व्यवस्थापन तथा स्वास्थ्य सेवा प्रदान गर्ने सिलसिलामा,
(ख) सम्बन्धित व्यक्तिले नै सूचना सार्वजनिक गरिसकेको भएमा।